५ मंसिर २०८१, बुधबार
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको नयाँ सरकार गठनका लागि गरेको आह्वान संविधानविपरीत भएको भन्दै सर्वोच्च अदालतमा शुक्रबार ६ वटा रिट दर्ताका लागि पेस भएका छन्।
अधिवक्ता कपिलदेव ढकाल, सन्तोष भण्डारी, राजकुमार सुवाल र रामबहादुर शाहीलगायत ६ जनाले रिट ल्याएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ।
प्रधानमन्त्री बहाल रहेको अवस्थामा अर्को सरकार गठनका लागि रास्ट्रपतिबाट आव्हान गर्न नमिल्ने भन्दै पेस भएका रिटहरु दर्ताका लागि अध्ययन भैरहेको सर्वोच्च प्रशासनले जनाएको छ।