८ मंसिर २०८१, शनिबार
सिभिल बैंकले जीवनबिमा सेवालाई विस्तार गर्ने उद्देश्यले युनियन नेपाल लाइफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र युनियन नेपाल लाइफ इन्स्योरेन्सकातर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले हस्ताक्षर गरेका छन् ।
अब युनियन नेपाल लाइफ इन्स्योरेन्सका जीवनबिमा सेवालाई बिना झन्झट सिभिल बैंकका देशभर छरिएका ६९ शाखामार्फत उपलब्ध गरी ग्राहकवर्गलाई प्रत्यक्ष रूपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
सिभिल बैंकले यसअघि पनि जीवनबिमा कम्पनीहरू मेटलाइफ, एलआईसी नेपाल र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स तथा थुप्रै निर्जीवनबिमा कम्पनीहरूसँग सम्झौता गरी जीवनबिमा तथा निर्जीवनबिमा सेवा उपलब्ध गराउँदै आइरहेको पनि जनाएको छ ।