२२ फाल्गुन २०८२, शुक्रबार
अघिल्ला तीन कारोबार दिन लगातार घटेको नेप्सेमा मंगलबार सामान्य सुधार देखिएको छ । मंगलबार ३.२१ अंकको सुधारसहित नेप्से २ हजार ५ सय ६५.१६ विन्दुमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.१२ प्रतिशतको सुधार हो ।
सो दिन कारोबारमा आएकामध्ये १४२ कम्पनीको सेयर मूल्य बढ्यो, १०२ कम्पनीको मूल्य घट्यो भने १० कम्पनीको मूल्य स्थिर रह्यो । यसरी सेयर मूल्य बढ्ने भन्दा घट्ने कम्पनी कम भएपछि समग्र नेप्सेमा सामान्य सुधार आएको हो ।


सो दिन कुल ५५ हजार ६ सय ३२ पटकको सेयर कारोबारमा ७९ लाख ४७ हजार ५८ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ३ अर्ब ६२ करोड ६१ लख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । सोमबार ४ अर्ब ५१ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये विकास बैंक, फाइनान्स कम्पनी, होटल तथा पर्यटन, लगानी, लघुवित्त र अन्यको परिसूचक घटे ।