द्वन्द्वपीडितले सत्य निरुपण आयोगको कार्यालयमा धर्ना दिए

होमल्याण्ड खबर

२०८२ मंसिर ६ गते, शुक्रबार १२:३८ मा प्रकाशित

२० बर्षसम्म पनि न्याय नपाएको भनी द्वन्द्वपीडितहरुले सत्य निरुपण र मेलमिलाप आयोगको कार्यालयमा धर्ना दिएका छन्।
शुक्रबार शान्ति सम्झौता भएको दुई दशक पुगेको छ।

उनीहरुले दलीय भागबण्डाको आधारमा पदाधिकारी नियुक्त आयोगले न्याय दिन नसक्ने भन्दै धर्ना दिएका हुन्। उनीहरुले आयोगका पदाधिकारीहरुको राजीनामा समेत मागेका छन्।

विधि प्रक्रिया र मापदण्ड मिचेर फेरि तेस्रोपटक पनि दलीय भागबण्डा र नेताको खल्तीबाट गठित र राजनीतिक नेतृत्वबाट नियन्त्रित सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग तत्काल खारेज गर्न उनीहरुको माग छ।