मंगलबार ९.९३ अंकले बढ्यो नेप्से परिसूचक

होमल्याण्ड खबर

२०८२ पुष २२ गते, मंगलवार १५:१७ मा प्रकाशित

साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३३४ कम्पनीको १ करोड ४८ लाख ३१ हजार २४१ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ७ अर्ब १२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको भएको छ । यस कम्पनीको २४ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० बिन्दुमा पुगेको छ ।

आजको बजारमा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, रू रू जलविद्युत् परियोजना लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।