९ मंसिर २०८१, आईतवार
ज्योति विकास बैंकले सर्लाहीको हरिवन, सप्तरी जिल्लाको रुपनी, बाराको परवानीपुर र निजगढ तथा उदयपुरको गाईघाटमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकको हरिवन नगरपालिका वडा नं ११ शाखाको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरे ।
त्यसैगरी, रुपनी गाउँपालिका वडा नं १ शाखाको रुपनी गाँउपालिकाका मेयर हरेराम यादव तथा बैंकका संचालक छत्रमान श्रेष्ठ र बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं ३ मा रहेको नयाँ शाखाको राष्ट्र बैक विरगंजका निर्देशक रविन्द्र महर्जन तथा बैंकका सञ्चालक ध्रुव कोइरालाद्वारा संयुक्त रुपमा उद्घाटन भयो ।
निजगढ नगरपालिका वडा नं ९ सहिदचोकमा रहेको शाखाको उद्घाटन निजगढ नगरपालिकाका मेयरसुरेश कुमार खनाल तथा बैंकका संचालक नारायण प्रसाद पौड्याल द्धारा भयो । गाईघाट उदयपुर मा रहेको शाखाको पनि औपचारिक उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी तथा बैँकका संचालक जगदिश्वर प्रसाद अधिकारीबाट भयो ।