९ मंसिर २०८१, आईतवार
नेपाल क्रेडिट एन्ड कमर्स बैंक र जेनेरल इन्स्योरेन्स कम्पनी नेपाल (जीआईसी, नेपाल) बीच बैंकासुरेन्स सम्झौता भएको छ । दुई कम्पनीबीच भएको सहमतिसँगै बैंकका ग्राहकले जेनेरल इन्स्योरेन्स कम्पनी नेपालले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट खरिद गर्न सक्नेछन ।
सहमतिपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके तमोटले हस्ताक्षर गरे ।