प्रभु लाइफ इन्स्योरेन्सका तीनवटा नयाँ शाखा शुभारम्भ
होमल्याण्ड खबर
२०७५ माघ २४ गते, बिहीबार १२:४० मा प्रकाशित
प्रभु लाइफ इन्स्योरेन्सले आफ्ना नयाँ तीन शाखा कार्यालयबाट कारोबार सुरु गरेको छ । कम्पनीले नेपालगञ्ज शाखा, घोराही शाखा तथा बुटवल शाखाको शुभारम्भ गरी कारोबार सुरु गरेको हो ।
तीनवटै शाखा कार्यालयको उद्घाटन कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेले गरे ।