एभरेस्ट बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

होमल्याण्ड खबर

२०७५ माघ २४ गते, बिहीबार १३:४७ मा प्रकाशित

एभरेस्ट बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार सौलियत कर्जा प्रवाह गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको छ । उक्त सम्झौतामा हस्ताक्षर गरेर एभरेस्ट बैंकले माइक्रो, साना तथा मझौला उद्योगका लागि दिगो आर्थिक स्थिरता र आर्थिक वृद्घिको कदम अगाडि बढाएको बैंकले जनाएको छ ।

व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यावसायिक शिक्षा कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, तथा भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा गरी एभरेस्ट बैंकमा सहुलियत कर्जाका लागि बाटो खुला भएको बैंकले जनाएको छ ।

एभरेस्ट बैंकका तर्फबाट एजीएम केशवराज पौडेल र निक्षेप तथा कर्जा सुरक्षण कोषको तर्फबाट कार्यकारी साहयक सीईओ उषा पौडेलले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।