१३ मंसिर २०८१, बिहीबार
झापाको झापा गाउँपालिका–४ मा एउटा किराना पसलमा आगलागी हुँदा करिब १५ लाख मूल्य बराबरको क्षति भएको छ ।
स्थानीय राजेश गणेशको किराना पसलमा बिहीबार राति करिब १२ बजे आगलागी हुँदा किराना सामान, फर्निचर र नगद १० हजार गरी सो मूल्य बराबरको सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कुमरखोदले जनाएको छ।
प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
आगलागीका कारण भने हालसम्म खुलेको छैन ।