किराना पसलमा आगलागीः १५ लाखको क्षति

होमल्याण्ड खबर

२०७५ चैत्र २९ गते, शुक्रबार ११:१० मा प्रकाशित

झापाको झापा गाउँपालिका–४ मा एउटा किराना पसलमा आगलागी हुँदा करिब १५ लाख मूल्य बराबरको क्षति भएको छ ।

स्थानीय राजेश गणेशको किराना पसलमा बिहीबार राति करिब १२ बजे आगलागी हुँदा किराना सामान, फर्निचर र नगद १० हजार गरी सो मूल्य बराबरको सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कुमरखोदले जनाएको छ।

प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

आगलागीका कारण भने हालसम्म खुलेको छैन ।