१० मंसिर २०८१, सोमबार
ग्रामिण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने उद्देश्यका साथ एन आई सी एशिया बैंकले काठमाडौं उपत्यका भित्र र बारा जिल्लाको फेटामा समेत गरी थप ५ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।
नयाँ शाखा कार्यालयहरु मध्यपुर थिमी नगरपालिका वडा नं. ६ भक्तपुर स्थित पुरानो थिमी शाखाको सोहि वडाका वडा अध्यक्ष ईन्द्र बहादुर प्रजापति, कागेश्वरी मनोहरा नगरपालिका गोठाटार स्थित गोठाटार शाखाको कृष्णहरि थापा, सूर्यविनायक नगरपालिकाको वडा नं २ बालकोट शाखाको सोहि वडाका वडा अध्यक्ष कमल नाथ आचार्य, चन्द्रागिरी नगरपालिका वडा नं. ११ सतुंगलचोकस्थित सतुंगलचोक शाखाको चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी तथा बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. ३ बारास्थित फेटा शाखाको फेटा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादले उद्घाटन गरेका थिए ।