एन आई सी एशिया बैंकको ५ नयाँ शाखा उद्घाटन

होमल्याण्ड खबर

२०७६ बैशाख १२ गते, बिहीबार ११:४० मा प्रकाशित

ग्रामिण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने उद्देश्यका साथ एन आई सी एशिया बैंकले काठमाडौं उपत्यका भित्र र बारा जिल्लाको फेटामा समेत गरी थप ५ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखा कार्यालयहरु मध्यपुर थिमी नगरपालिका वडा नं. ६ भक्तपुर स्थित पुरानो थिमी शाखाको सोहि वडाका वडा अध्यक्ष ईन्द्र बहादुर प्रजापति, कागेश्वरी मनोहरा नगरपालिका गोठाटार स्थित गोठाटार शाखाको कृष्णहरि थापा, सूर्यविनायक नगरपालिकाको वडा नं २ बालकोट शाखाको सोहि वडाका वडा अध्यक्ष कमल नाथ आचार्य, चन्द्रागिरी नगरपालिका वडा नं. ११ सतुंगलचोकस्थित सतुंगलचोक शाखाको चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी तथा बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. ३ बारास्थित फेटा शाखाको फेटा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादले उद्घाटन गरेका थिए ।