१० मंसिर २०८१, सोमबार
प्रभु बैंकले मोरङको विराटनगर महानगरपालिका–३, तिनपैनीस्थित श्रम तथा वैदेशिक रोजगार कार्यालय परिसरमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।
बैंकले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीका लागि आवश्यक श्रम स्वीकृति वापतको शुल्क दाखिला गर्ने तथा अन्य सेवा र सुविधाको लागि काउन्टर खोलेको हो । काउन्टरको उद्घाटन कार्यालयका प्रमुख प्रेम प्रसाद सञ्जेलले गरे ।