प्रभु बैंकको एक्सटेन्सन काउन्टर विराटनगर श्रम कार्यालयमा

होमल्याण्ड खबर

२०७६ बैशाख २२ गते, आईतवार १२:३८ मा प्रकाशित

प्रभु बैंकले मोरङको विराटनगर महानगरपालिका–३, तिनपैनीस्थित श्रम तथा वैदेशिक रोजगार कार्यालय परिसरमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

बैंकले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीका लागि आवश्यक श्रम स्वीकृति वापतको शुल्क दाखिला गर्ने तथा अन्य सेवा र सुविधाको लागि काउन्टर खोलेको हो । काउन्टरको उद्घाटन कार्यालयका प्रमुख प्रेम प्रसाद सञ्जेलले गरे ।