एनआईसी एशिया र भेनस हस्पिटलबिच सम्झौता

होमल्याण्ड खबर

२०७६ जेष्ठ १० गते, शुक्रबार १४:५२ मा प्रकाशित

एनआईसी एशिया बैंक र भेनस हस्पिटलबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डबाहक तथा बैंकका बैंकका ग्राहकलाई भेनस हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधामा १५ प्रतिशत छुट गर्ने सम्झौता भएको छ । 

सम्झौता पत्रमा बैंकको तर्फबाट  प्रमुख बजार व्यवस्थापन  अधिकृत सन्तोष कुमार राठी र हस्पिटलका  तर्फबाट   निर्देशक  श्रीराम ढकालले हस्ताक्षर गरेका हुन्  ।