१० मंसिर २०८१, सोमबार
एनआईसी एशिया बैंक र भेनस हस्पिटलबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डबाहक तथा बैंकका बैंकका ग्राहकलाई भेनस हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधामा १५ प्रतिशत छुट गर्ने सम्झौता भएको छ ।
सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हस्पिटलका तर्फबाट निर्देशक श्रीराम ढकालले हस्ताक्षर गरेका हुन् ।