१० मंसिर २०८१, सोमबार
सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र कम्पनीका प्रबन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार बैंकका ग्राहकले स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फत् पठाएको रकम सांग्रिला डेभलपमेन्ट बैंकको देशैभरी रहेका शाखा कार्यालयबाट प्राप्त गर्न सक्नेछन् ।