सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

होमल्याण्ड खबर

२०७६ असार ९ गते, सोमबार १२:१५ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता भएको छ ।  सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र कम्पनीका प्रबन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरेका  हुन् । 

सम्झौताअनुसार बैंकका ग्राहकले स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फत् पठाएको रकम सांग्रिला डेभलपमेन्ट बैंकको देशैभरी रहेका शाखा कार्यालयबाट प्राप्त गर्न सक्नेछन्  ।