२८ फाल्गुन २०८२, बिहीबार
आज सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा आज (बिहीबार) सुनको मूल्य ४ सय र चाँदीको मूल्य ५ रुपयाले बढेको हो ।
बजारमा आज छापावाला सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ६४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।