आज ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

होमल्याण्ड खबर

२०७६ असार २६ गते, बिहीबार ११:०४ मा प्रकाशित

आज सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा आज (बिहीबार) सुनको मूल्य ४ सय र चाँदीको मूल्य ५ रुपयाले बढेको हो ।

बजारमा आज छापावाला सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ६४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।