प्रधानमन्त्री कृषि परियोजनाले उत्पादकत्वमा वृद्धि

होमल्याण्ड खबर

२०७६ श्रावण १७ गते, शुक्रबार १५:११ मा प्रकाशित

प्रधानमन्त्री आधुनिकिकरण कृषि परियोजनाले उत्पादकत्वमा वृद्धि भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले दिएको जानकारी अनुसार प्रधानमन्त्री कृषि परियोजनाले उत्पादनमा वृद्धि भएको हो । 

मन्त्रालयको अनुसार कृषि परियोजनाबाट  २६ वटा बालीमा ६९  वटा जोन र सुपर जोन सञ्‍चालन भएको थियो भने प्रदेशअन्तर्गत तीन सय ३६ ब्लक र दुई हजार सात सय ७६ पकेट जानेको रुपमा सञ्‍चालन भएको थियो । जसमध्ये धान, मकै, गहुँ, तरकारी, आलु, उखु, माछा, मासु, अण्डा, दुध उत्पादनमा पनि विगतका वर्षहरुमा भन्दा ०७५-०७६ मा वृद्धि भएको छ  ।
 
विगतका वर्षभन्दा ०७५-०७६ मा धान उत्पादन ५६ लाख १० हजार मेट्रिक टन बढ उत्पादन भएको छ । जुन विगतका वर्षमा भन्दा ८.८९ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, मकै  २६ लाख ४४ हजार ८ सय १ मेट्रिक टन बढी उत्पादन भएको छ । उत्पादन ३.४८ प्रतिशतले बढेको हो ।

त्यसैगरी, गहुँ २० लाख ३६ हजार ७ सय मेट्रिक टन उत्पादन  हुँदा ४.५ प्रतिशत,  तरकारी  ४१ लाख ७५ हजार ६ सय २१ मेट्रिक टन उत्पादन हुँदा १.८६ प्रतिशत, आलु ३२  लाख २० हजार ७ सय ८४ मेट्रिक टन उत्पादन हुँदा ४.३ प्रतिशत र उखु ३९ लाख ५१ हजार १ सय मेट्रिक टन बढी उत्पादन हुँदा  उत्पादन ११.०४ प्रतिशतले वृद्धि भएको हो । विगतका वर्षमा भन्दा रासायनिक मलको सहज आपूर्ति, व्यवस्थापन र सिँचाई सुविधा , राम्रो मनसुनका कारण उत्पादनमा वृद्धि भएको मन्त्रालयले बताएको छ । 

 मन्त्रालयका अनुसार मासु ३ लाख ७२ हजार मेट्रिक टन उत्पादन बढ्दा ७.२ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, दुध २२ लाख १२ हजार ५ सय मेट्रिक टन बढी उत्पादन हुँदा ६.११ प्रतिशत, अण्डा  १ सय ५६ करोड गोटा बढी उत्पादन हुँदा ६.१२ प्रतिशत र माछा  ८८ हजार मेट्रिक टन बढी उत्पादन हुँदा ६.०२ प्रतिशतले वृद्धि भएको छ  । 

माछा मासु उत्पादनमा  कृतिम गर्भाधान विगत १० वर्षमा २६ प्रतिशतले वृद्धि भएकाले मासु उत्पादनमा वृद्धि भएको हो भने  माछा उत्पादनका लागि  रोग निदानको कार्य भएकोले उत्पादन वृद्धि भएको बताइएको छ ।