१४ मंसिर २०८१, शुक्रबार
प्रधानमन्त्री आधुनिकिकरण कृषि परियोजनाले उत्पादकत्वमा वृद्धि भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले दिएको जानकारी अनुसार प्रधानमन्त्री कृषि परियोजनाले उत्पादनमा वृद्धि भएको हो ।
मन्त्रालयको
अनुसार कृषि परियोजनाबाट
२६ वटा बालीमा
६९ वटा जोन
र सुपर जोन
सञ्चालन भएको
थियो भने प्रदेशअन्तर्गत
तीन सय ३६
ब्लक र दुई
हजार सात सय
७६ पकेट जानेको
रुपमा सञ्चालन
भएको थियो ।
जसमध्ये धान, मकै,
गहुँ, तरकारी, आलु,
उखु, माछा, मासु,
अण्डा, दुध उत्पादनमा
पनि विगतका वर्षहरुमा
भन्दा ०७५-०७६
मा वृद्धि भएको
छ ।
विगतका वर्षभन्दा ०७५-०७६
मा धान उत्पादन
५६ लाख १०
हजार मेट्रिक टन
बढ उत्पादन भएको
छ । जुन
विगतका वर्षमा भन्दा ८.८९ प्रतिशतले
वृद्धि भएको छ
। त्यसैगरी, मकै
२६ लाख ४४
हजार ८ सय
१ मेट्रिक टन
बढी उत्पादन भएको
छ । उत्पादन
३.४८ प्रतिशतले
बढेको हो ।
त्यसैगरी, गहुँ २० लाख ३६ हजार ७ सय मेट्रिक टन उत्पादन हुँदा ४.५ प्रतिशत, तरकारी ४१ लाख ७५ हजार ६ सय २१ मेट्रिक टन उत्पादन हुँदा १.८६ प्रतिशत, आलु ३२ लाख २० हजार ७ सय ८४ मेट्रिक टन उत्पादन हुँदा ४.३ प्रतिशत र उखु ३९ लाख ५१ हजार १ सय मेट्रिक टन बढी उत्पादन हुँदा उत्पादन ११.०४ प्रतिशतले वृद्धि भएको हो । विगतका वर्षमा भन्दा रासायनिक मलको सहज आपूर्ति, व्यवस्थापन र सिँचाई सुविधा , राम्रो मनसुनका कारण उत्पादनमा वृद्धि भएको मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार मासु ३ लाख ७२ हजार मेट्रिक टन उत्पादन बढ्दा ७.२ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, दुध २२ लाख १२ हजार ५ सय मेट्रिक टन बढी उत्पादन हुँदा ६.११ प्रतिशत, अण्डा १ सय ५६ करोड गोटा बढी उत्पादन हुँदा ६.१२ प्रतिशत र माछा ८८ हजार मेट्रिक टन बढी उत्पादन हुँदा ६.०२ प्रतिशतले वृद्धि भएको छ ।
माछा मासु उत्पादनमा कृतिम गर्भाधान विगत १० वर्षमा २६ प्रतिशतले वृद्धि भएकाले मासु उत्पादनमा वृद्धि भएको हो भने माछा उत्पादनका लागि रोग निदानको कार्य भएकोले उत्पादन वृद्धि भएको बताइएको छ ।