२९ फाल्गुन २०८२, शुक्रबार
नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर छ । चाँदीको भाउ भने घटेको छ ।
आज छापावाल सुनको भाउ तोलाको ७६ हजार ५ सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार (हिजो) पनि तोलाको ७६ हजार ५ सय रुपैयाँमै कारोबार भएको थियो ।


यस्तै तेजाबी सुनको भाउ पनि तोलाको ७६ हजार २ सयमै स्थिर रहेको महासंघले जनाएको छ । आज चाँदीको भाउमा भने कमी आएको छ । आइतबार तोलाको ८ सय ९५ मा कारोबार भएको चाँदी सोमबार तोलामा ५ रुपैयाँले घट्दै ८ सय ९० तोकिएको महासंघले जनाएको छ ।