सुनको मूल्य स्थिर, चाँदी घट्यो

होमल्याण्ड खबर

२०७६ माघ २० गते, सोमबार १२:१४ मा प्रकाशित

नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर छ । चाँदीको भाउ भने घटेको छ ।

आज छापावाल सुनको भाउ तोलाको ७६ हजार ५ सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार (हिजो) पनि तोलाको ७६ हजार ५ सय रुपैयाँमै कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि तोलाको ७६ हजार २ सयमै स्थिर रहेको महासंघले जनाएको छ । आज चाँदीको भाउमा भने कमी आएको छ । आइतबार तोलाको ८ सय ९५ मा कारोबार भएको चाँदी सोमबार तोलामा ५ रुपैयाँले घट्दै ८ सय ९० तोकिएको महासंघले जनाएको छ ।