२८ फाल्गुन २०८२, बिहीबार
काठमाडाैं: नेपाली बजारमा बिहीबार सुनकाे मूल्य सामान्य बढेकाे छ । पहेँलो धातुको मूल्य आज प्रतितोला सय रुपैयाँले उकालो लागेको हाे। यसअघि बुधबार सुन ताेलामा ९ सय रूपैयाँले घटेकाे थियाे ।
आजका लागि छापावाल सुनकाे मूल्य ९४ हजार १ सय रुपैयाँ कायम गरिएकाे नेपाल सुचाँदी व्यवसायी महासंघले जनाएकाे छ । छापावाला सुन बुधबार प्रतितोला ९४ हजारमा कारोवार भएको थियो।


यस्तै आज तेजाबी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन हिजाे बुधबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदी प्रतितोला एक हजार २ सय ८० रुपैयाँमा कारोबार भएको छ। बुधबार भने प्रतितोला एक हजार २ सय ६५ मा कारोबार भएको थियो । चाँदी बुधबारका तुलनामा आज प्रतितोला १५ रुपैयाँले वृद्धि भएको छ।