सामान्य घट्याे सुनचाँदीकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

होमल्याण्ड खबर

२०७७ पुष ९ गते, बिहीबार १३:३० मा प्रकाशित

काठमाडाैं:  नेपाली बजारमा बिहीबार सुनकाे मूल्य सामान्य बढेकाे छ । पहेँलो धातुको मूल्य आज प्रतितोला सय रुपैयाँले उकालो लागेको हाे। यसअघि बुधबार सुन ताेलामा ९ सय रूपैयाँले घटेकाे थियाे ।

आजका लागि छापावाल सुनकाे मूल्य ९४ हजार १ सय रुपैयाँ कायम गरिएकाे नेपाल सुचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।  छापावाला सुन बुधबार प्रतितोला ९४ हजारमा कारोवार भएको थियो।

यस्तै आज तेजाबी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन हिजाे बुधबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदी प्रतितोला एक हजार २ सय ८० रुपैयाँमा कारोबार भएको छ। बुधबार भने प्रतितोला एक हजार २ सय ६५ मा कारोबार भएको थियो । चाँदी बुधबारका तुलनामा आज प्रतितोला १५ रुपैयाँले वृद्धि भएको छ।