२३ फाल्गुन २०८२, शनिबार
मंगलबार उच्च अंक बढेर बन्द भएको नेप्से बुधवार सामान्य अंक बढेर बजार बन्द भयो। बुधवार नेप्से परिसूचक ५.१७ अंक बढेर २९७८.८८ विन्दुमा पुग्यो। फ्लोट इण्डेक्स ०.०६ अंक बढेको छ भने सेन्सेटिभ इन्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२२ अंक घट्यो।
१३ उपसमूहमध्ये बुधवार ७ उपसमूहको परिसूचक बढ्यो भने ६ उपसमूहको परिसूचक घट्यो। वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.२३ प्रतिशत बढ्यो। अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढ्यो। कारोबारमा आएको होटेल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१० प्रतिशत घट्यो।
नेप्सेमा सामान्य वृद्धि भए पनि कारोबार रकम भने घटेको छ। मंगलबार २० अर्ब ८ करोडको शेयर खरिदबिक्री भएको थियो। बुधवार ३ सय १९ स्टकको १ लाख ७० हजार ३१८ पटकको कारोबारमा १९ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ बराबरको ४ करोड ४८ लाख ६६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

