बुधवार सामान्य अंक बढ्यो नेप्से

होमल्याण्ड खबर

२०८२ श्रावण ८ गते, बुधबार १६:११ मा प्रकाशित

मंगलबार उच्च अंक बढेर बन्द भएको नेप्से बुधवार सामान्य अंक बढेर बजार बन्द भयो। बुधवार नेप्से परिसूचक ५.१७ अंक बढेर २९७८.८८ विन्दुमा पुग्यो। फ्लोट इण्डेक्स ०.०६ अंक बढेको छ भने सेन्सेटिभ इन्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२२ अंक घट्यो।

१३ उपसमूहमध्ये बुधवार ७ उपसमूहको परिसूचक बढ्यो भने ६ उपसमूहको परिसूचक घट्यो। वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.२३ प्रतिशत बढ्यो। अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढ्यो। कारोबारमा आएको होटेल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१० प्रतिशत घट्यो।
नेप्सेमा सामान्य वृद्धि भए पनि कारोबार रकम भने घटेको छ। मंगलबार २० अर्ब ८ करोडको शेयर खरिदबिक्री भएको थियो। बुधवार ३ सय १९ स्टकको १ लाख ७० हजार ३१८ पटकको कारोबारमा १९ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ बराबरको ४ करोड ४८ लाख ६६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।