अस्ट्रेलियामा फेरि चल्यो गोली, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु

होमल्याण्ड खबर

२०८२ माघ ९ गते, बिहीबार १५:३२ मा प्रकाशित

अस्ट्रेलियामा एकसाथ १५ जना मारिएको २ महिनापछि फेरि गोली चलेको छ।

स्थानीय प्रहरीका अनुसार बिहीबार साँझ न्यु साउथ वेल्सको लेक कार्गेलिगो सहरमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ।

गोली लागेर गम्भीर चौथो व्यक्तिलाई भने अस्पताल भर्ना गरिएको छ।

घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

घटनापछि प्रहरीले मानिसहरूलाई त्यस क्षेत्रबाट टाढा रहन र स्थानीयलाई घरभित्रै बस्न सल्लाह दिएको छ।

गत मंसिर २८ (डिसेम्ब १४) मा मात्र अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा गोली हानेर १५ जनाको हत्या गरिएको थियो।