आज सुनचाँदीको मूल्य सामान्य वृद्धि

होमल्याण्ड खबर

२०८३ श्रावण ७ गते, बिहीबार ११:२२ मा प्रकाशित

 नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा सुन आज तोलामा ३०० र चाँदी २५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ५०५ रुपैयाँ निर्धारण भएको छ ।