७ श्रावण २०८३, बिहीबार
नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा सुन आज तोलामा ३०० र चाँदी २५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ५०५ रुपैयाँ निर्धारण भएको छ ।

