आइएमई लाइफ र कैलाश विकास बैंकबीच सम्झौता

होमल्याण्ड खबर

२०७५ फाल्गुन २ गते, बिहीबार १२:४५ मा प्रकाशित

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र कैलाश विकास बैंकबीच बैंकअस्योरेन्स सम्झौता भएको छ ।

सम्झौतामा आइएमई लाइफका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौतापश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकहरुले कैलाश विकास बैंकका सबै शाखाबाट आइएमई लाइफका जीवन बीमा पोलिसि छिटो, छरितो र सहज रुपमा खरिद गर्न पाउनेछन् ।