कञ्चनपुरबाट फेरी साढे पाँच किलो सुनसहित एक पक्राउ

होमल्याण्ड खबर

२०७५ फाल्गुन ३ गते, शुक्रबार १२:०० मा प्रकाशित

कञ्चनपुरबाट फेरी साढे पाँच किलो सुन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका— ११ अमरपुरका ३२ वर्षीय लक्ष्मण तिरुवा रहेको प्रहरीले बताएको छ ।

उनको घरमा रहेको बाख्रा बाँध्ने खोरको जमिनमुनी दुईवटा पोका पारेर लुकाइराखेको अवस्थामा पाँच केजी ६६२ ग्राम सुन केन्द्रीय अनुसन्धान ब्यूरो, अपराध अनुसन्धान महाशाखाले फेला पारेको  हाे ।

सुनसहित तिरुवालाई नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ ।