९ मंसिर २०८१, आईतवार
गरिमा विकास बैंक लिमिटेडले ६ वटा शाखा खोलेको छ ।बैंकले चितवनको टाडी, र कञ्चनपुरको महेन्द्रनगरमा शाखा खोलेको हो ।
बैंकले नुवाकोटको बट्टार, लमजुङको बेसीशहर, बाँकेको चप्परगढी, र सुर्खेतको बीरेन्द्रनगरमा समेत नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल देशभर ७२ शाखा कार्यालय सञ्चालनमा रहेका छन भने विकास बैंकले निकट भविष्यमा चितवनको मिलनचोक, कास्कीको हेम्जापर्साको बीरगञ्ज र दाङ्गको तुल्सीपुरमा समेत शाखा कार्यालय खोल्दैछ ।