सुनको मूल्य ६३ हजार ३ सय पुग्यो

होमल्याण्ड खबर

२०७५ फाल्गुन ८ गते, बुधबार ११:४३ मा प्रकाशित

आज सुनचाँदीको मूल्य बढेको छ । बजारमा मंगलबारको तुलनामा बुधबार सुन ६ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।

बजारमा आज छापावाला सुन प्रतितोला ६३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य ५ वर्षपछिकै महँगो भएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।