१२ मंसिर २०८१, बुधबार
चौधरी फाउण्डेसनले संचालन गरेको कृतिम हात खुट्टा जडान शिविरबाट पाँच सय आठ जना व्यक्तिहरु लाभान्वित भएका छन् । विभिन्न कारणबाट हात खुट्टा गुमाउनु परेका व्यक्तिका लागि यो कृतिम हात खुट्टा वितरण गरिएको थियो । काठमाडौंको नर्भिक इन्टरनेशनल हस्पिटल र नवलपुरको सहज सामुदायिक अस्पतालमा शिविरको आयोजना गरिएको थियो । गत पुस २७ गते शुरू भएको शिविर फागुन ८ गतेसम्म संचालन गरिएको थियो ।
चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले हात खुट्टा जस्ता संवेदनशिल अंगको अभावमा जीवन बिताइरहेका व्यक्तिहरुलाई सहयोग गर्न पाउनु आफ्ना लागि अहोभाग्य भएको बताए ।
“हात खुट्टा नहुनु भनेको जीवन नै अर्कै चरणबाट गुज्रिन बाध्य हुनु हो । हामीले कृतिम हात खुट्टा उपलब्ध गराएर उहा“हरूको जीवनमा रूपान्तरण ल्याउने कोशिस गरेका छौ“ । यसले उहाहरूको जीवनमा ठूलो फरक पार्नेछ भन्ने हाम्रो विश्वास छ,” अध्यक्ष चौधरीले भने, “यसबाट राष्ट्रले समेत सवल र योग्य नागरिक पाएको छ ।”
चौधरी फाउण्डेसनले भगवान महाविर विकलाङ्ग सहायता समिति र भारतीय दुतावासस“गको सहकार्यमा नेपालमा कृतिम खुट्टा वितरण गर्ने कार्यक्रम संचालनमा आएको हो ।
पहिलो चरणमा काठमाडौंको नर्भिक अस्पतालमा पुस २७ देखी ३० गते सम्म ५९ जना लाभान्वित भएका थिए । दोस्रो चरणमा नवलपुरको गैंडाकोटस्थित सहज सामुदायिक अस्पतालमा माघ ३ गतेदेखि संचालनमा आएको शिविरबाट थप ४६१ जना लाभान्वित भएका छन् । जसमध्ये ४ सय ३५ जनाले कृतिम खुट्टा, ५२ जनाले कृतिम हात र २१ जनाले क्यालिपरको सेवा लिएका थिए ।
नेपालमा करिब एक लाख मानिसका लागि कृतिम हात खुट्टाको आवस्यकता रहेको अनुमान छ ।