९ मंसिर २०८१, आईतवार
गोर्खा बियरले नयाँ अभियान सुरु गरेको छ । ‘नेपाली पन, गोर्खाली मन’ नामक अभियान गएको वर्षको हामी गोर्खाली अभियानकै विस्तारित रुप भएको कम्पनीले जनाएको छ ।
विश्वले चिनेको गोर्खालीको पहिचानलाई झल्किने गरी गोर्खा बियरलाई एक ब्राण्डको रुपमा प्रस्तुत गरिएको कम्पनीको भनाइ छ । नेपालीहरुको व्यक्तित्वसँग मेलखाने विशेषताहरुलाई प्रयोग गरी ब्राण्डले आफ्ना नेपाली दर्शकसँग एक झलकबाटै जोडिने कम्पनीले बताएको छ ।
“यो एउटा त्यस्तो मञ्च हो, जसले यो विज्ञापन हेर्ने दर्शक र ब्राण्ड एक साथै नेपाली हुनुको भावना मनाउन सक्छन् । यो क्याम्पेनलाई नेवारी, गुरुङ्ग, तामाङ्ग, लिम्बु, मैथिली, भोजपुरी अनि थारु जस्ता क्षेत्रीय भाषाहरुमा समेत प्रस्तुत गर्ने योजनाका साथ यो क्याम्पेन २०१८ को सफलतालाई पुनर्जीवित गर्न तम्तयार छ,” कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।