नेपाल बंगलादेश बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता

होमल्याण्ड खबर

२०७५ फाल्गुन १४ गते, मंगलवार १६:०० मा प्रकाशित

नेपाल बंगलादेश बैंक र नेपाल क्यान्सर अस्पताल, हरिसिद्धी ललितपुरबीच उक्त अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवाहरूमा छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार नेपाल क्यान्सर अस्पतालले नेपाल बंगलादेश बैंकद्वारा जारी भएका डेविट÷क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूलाई अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवामा ५ प्रतिशत र १० प्रतिशत छुट प्रदान गर्ने जनाइएको छ ।

सम्झौतापत्रमा नेपाल बंगलादेश बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठ र नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले हस्ताक्षर गरेका थिए । उक्त सम्झौताले दुवै संस्थाका ग्राहकहरूलाई सुविधा पुग्ने बैंकले जनाएको छ ।