९ मंसिर २०८१, आईतवार
२०७५ फाल्गुन १४ गते, मंगलवार १६:३९ मा प्रकाशित
एनआईसी एशिया बैंकको ८० लाख ३१ हजार १ सय १७ कित्ता सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ ।
बैंकको २१ औं साधारणसभाबाट पारित १० प्रतिशत बोनस सेयर बजारमा किनबच हुन पाउने भएको हो । यससँगै बैंकको जारी तथा चुक्ता पुँजी ८ अर्ब ८३ करोड ४२ लाख पुगेको छ ।