९ मंसिर २०८१, आईतवार
ग्लोबल आईएमई बैंकले थप ३ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले बाग्लुङको बाग्लुङ नगरपालिका–१२, अमलाचौर, डोटीको केआईसिंह गाउँपालिका–२, तिखातरमा र रोल्पाको लुंग्री गाउँपालिका–१२, सिर्पमा नयाँ शाखारहित सेवा प्रदान गर्न सुरु गरेको हो ।
यी तीन नयाँ शाखासहित बैंकको शाखारहित बैंकिङ सेवा संख्या १ सय २० पुगेको छ ।