१२ मंसिर २०८१, बुधबार
यति र तारा एयरले आजको लागि उडान बन्द गर्ने भएको छ ।
एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको एयर डाइनेस्टी एयरको हेलिकप्टर दुर्घटनामा निधन भएको शोकमा निजी हवाई सेवा प्रदाक यति र तारा एयरलाइन्सले आफ्ना सबै उडान बन्द गर्ने भएका हुन्।
दुवै विमानले शुक्रबारका सम्पूर्ण उडान स्थगन गर्ने निर्णय गरेसंगै एयरलाइन्सले सेवा बन्द गर्दा यात्रुमा पर्ने जाने असुविधाप्रति क्षमायाचना समेत गरेको छ।