२६ फाल्गुन २०८२, मंगलवार
आज सुनचाँदीको मूल्य घटेको छ । बजारमा बिहीबारको तुलनामा शुक्रबार सुन ४ सय र चाँदी ५ रुपैयाँले घटेको हो ।
बजारमा आज छापावाला सुन प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ६१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।