माछापुछ्रे बैंकको एटीएम सञ्जाल विस्तार

होमल्याण्ड खबर

२०७५ फाल्गुन २१ गते, मंगलवार १२:०३ मा प्रकाशित

माछापुछ्रे बैंक लिमिटेडले ललितपुर महानगरपालिकाको पुल्चोकस्थित वडा कार्यालयमा २४ घण्टा नै रकम झिक्न सकिन एटीएमको औपचारिक सुरुवात गरेको छ । बैंकले मंगलबार ललितपुर महानगरपालिकास्थित ३. नं. वडा कार्यालय परिसरमा आफ्नो एटीएम सञ्चालनमा ल्याएको हो ।

२४ घण्टा नै रकम झिक्न सकिने उक्त एटीएमको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरे । यस एटीएमको सुरुवातसँगै बैंकको कुल एटीएम संख्या ११५ पुगेको छ । बैंकले आव ०७५-७६ को दोस्रो त्रैमाससम्ममा ७८ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ साथै २०७५ पुस मसान्तसम्ममा ८५ अर्ब १७ करोड रुपैयाँ निक्षेप परिचालन गरी ७४ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ९३ वटा शाखालगायत ६३ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा १५६ स्थानबाट ग्राहक महानुभावहरूमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ११५ वटा एटीएम सञ्चालनमा छ ।