१३ बैशाख २०८३, आईतवार
दैनिक २२ घण्टासम्म खुल्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ (अप्रिल १) देखि २०७६ असार १५ गते (जुन ३०) सम्म दैनिक १० घण्टा बन्द हुने भएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
विमानस्थलको एक मात्र ३ हजार ५० मिटर (१० हजार ७ फिट) लामो धावनमार्ग जिणोद्धार गर्नुपर्ने भएकाले राति १० बजेदेखि विमानस्थल बन्द हुनेछ भने विहान ८ बजे मात्रै सुचारु गरिनेछ ।


राति १० बजेदेखि ३ बजेसम्म र बिहान ५ बजेदेखि ८ बजेसम्म हुने उडानलाई दिउँसोको समयमा सारिएको छ । ‘हाल भइरहेको उडानमध्ये १५२० प्रतिशत कटौती हुने देखिन्छ ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले भने ।
हाल विमानस्थलमा दैनिक ३ सय हाराहारी उडान हुन्छन् ।