सिटिजन्स बैंकको ‘सिटिजन्स विशेष बचत खाता’

होमल्याण्ड खबर

२०७५ फाल्गुन २३ गते, बिहीबार १४:३२ मा प्रकाशित

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना ‘सिटिजन्स विशेष बचत खाता’ योजना सार्वजनिक गरेको छ ।

यस योजना मार्फत ग्राहकहरूले आकर्षक ब्याजका साथसाथै बीमा सुविधा पनि प्राप्त गर्न सक्नेछन् । १०० मै खाता खोल्न मिल्ने ‘सिटिजन्स विशेष बचत खाता’ कर्मचारीहरूको तलब खाताका लागि अत्यन्तै फलदायी हुने विश्वास बैंकले लिएको छ ।

दैनिक मौज्दातमा वार्षिक ६.२५% ब्याजदर प्रदान गरिने यस योजनाबाट ग्राहकहरुले आकर्षक ब्याजदर प्राप्त गर्नुका साथसाथै स्वास्थ्य र दुर्घटना मृत्यु बीमाको लाभ समेत प्राप्त गर्न सक्ने जानकारी बैंकले दिएको छ ।

यो योजनामा संलग्न हुने ग्राहकहरूका निम्ति १ लाख सम्मको स्वास्थ्य बीमा (अस्पताल भर्ना खर्च) ७ लाख सम्मको दुर्घटना मृत्यु बीमा गरिएको छ । औसत मौज्दात रकमको चार गुणासम्मको हुन आउने रकमको दाबी भुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध गराउने कुरा बैंकले जानकारी दिएको छ ।

उत्कृष्ट सेवा प्रदान गर्ने हेतुले बैंकले यस योजना अन्तर्गत सहभागी भएका ग्राहकहरुका लागी विभिन्न प्रकारका सहुलियतहरू उपलब्ध गराएको छ ।

‘सिटिजन्स विशेष बचत खाता’ मा निःशुल्क भिसा डेविट कार्ड, निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क आस्वा सेवा, निःशुल्क सिटिजन्स स्मार्ट बैंकिंग सुविधा (मोबाईल), अनलाइन कारोवार गर्न सुरक्षित ३डी सेक्युर प्रविधिमा निःशुल्क दर्ता, लकरको वार्षिक शुल्कमा ५०% छुट, विदेशी मुद्रामा ड्राफ्ट÷स्विफ्ट जारी गर्दा ५०% छुट, लगायत अन्य सेवाहरूमा ५०% सम्म छुट जस्ता अनेकन आकर्षक सहुलियतहरु उपलब्ध छन् ।