१२ मंसिर २०८१, बुधबार
राजधानीमा चलिरहेको नेपाल १५ औं अन्तर्राष्ट्रिय औधोगिक व्यापार मेला तथा घरेलु उधोग महोत्सव–२०७५ मा दोस्रो दिन शनिबारसम्म सवा १० करोड रुपैयाँबराबरको कारोबार भएको छ । शनिबारसम्म मेलामा १ लाख ८७ हजार अवलोकनकर्ताले अवलोकन गरेका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा शुक्रबारदेखि राजधानीको प्रदर्शनीमार्ग्स्थित भृकुटीमण्डप परिसरमा सुरु भएको मेलामा शुक्रबार २० हजारले अवलोकन तथा ५० सवा करोडको कारोबार भएको छ भने शनिबार ५० हजारले अवलोकन तथा ४ करोड रुपैयाँको कारोबार भएको छ । साथै शनिबार १ लाख १७ हजारले अवलोकन गरेका छन् भने ६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उधोगको विकास गर्ने उद्देश्यका साथ आगामी मंगलबारसम्म चल्ने प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उधोग गरौं, उधमी बनौं, उठाऔं नेपाल’ भन्ने छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राजधानीमा एक समारोहकाबीच उद्घाटन गरेको १५ औं अन्तर्राष्ट्रिय औधोगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ को मेलामा प्रतिनिधिसभा उपसभामुख शिवमाया तुम्बहाम्के, राष्ट्रियसभा तथा प्रतिनिधि सभाका सांसद, पूर्वमन्त्री, पूर्वप्रधान सेनापति, सरकारी तथा गैरसरकारी निकायका जिम्मेवार व्यक्तित्वलगायत सर्वसाधारणको उत्साहजनक सहभागिता थियो ।
नेपाल घरेलु तथा साना उधोग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकभर छरिएर रहेका लघु, घरेलु तथा साना उधोगको उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ २०५८ सालबाट नेपाल घरेलु तथा साना उधोग महासंघले सुरु गरेको औधोगिक प्रदर्शनी विभिन्न आरोह–अवरोह पार गर्दै यसपटक १५ औं अन्तर्राष्ट्रिय औधोगिक व्यापार मेला तथा घरेलु उधोेग महोत्सव र प्रांगारिक कृषि मेला–२०७५ को नामबाट सञ्चालन भएको बताए ।
निर्यातले मात्र हाम्रो व्यापारघाटा पूर्ति गर्नसक्ने अवस्थामा हामी छैनौं, स्वदेशी उत्पादनको उपयोगबाट मात्र हामीले यसलाई कम गर्न सक्छौं । त्यसैले हामीले यस मेलाको मूल उद्देश्य ‘मेहनत सिर्जना, उत्पादन र वस्तु मेरै’ नेपालको र नेपाली वस्तु प्रयोग गरौं नेपाली भएकोमा गर्व गरौं’ भन्ने नारामार्फत प्रकट गरेका छौं ।”
नेपाली स्थानीय घरेलु तथा साना उद्योगका उत्पादनको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यले १५ औं अन्तर्राष्ट्रिय औधोगिक व्यापार मेला तथा घरेलु उधोग महोत्सव ०७५ शुक्रबारदेखि राजधानीमा सुरु भएको हो ।
“नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं र ‘मेहनत, सिर्जना, उत्पादन र वस्तु मैरै नेपालको’ भन्ने नाराका साथ फागुन २४ गतेदेखि आयोजना भएको हो ।
नेपाल घरेलु तथा साना उधोग महासंघले राजधानीको प्रदर्शनीमार्ग्स्थित भृकुटीमण्डप परिसरमा फागुन २४ देखि २८ गतेसम्म घरेलु उधोग महोत्सव र दोस्रो प्राङ्गारिक कृषि मेला–२०७५ आयोजना गरेको हो ।
समृद्ध नेपाल, सुखी नेपालीको नारालाई अभियानका रूपमा सञ्चालन गर्ने उद्घोष गरेको वर्तमान सरकारको कार्य मुलुकको समृद्धितर्फ केन्द्रित हुनुपर्ने परिप्रेक्ष्यमा मुलुकभरका झन्डै चार लाख लघु, घरेलु तथा साना उधोगहरूलाई प्रतिबिम्बित गर्ने प्रदर्शनीको मुख्य उद्देश्य रहेको मेला संयोजक तथा महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले बताए ।
हाम्रो जस्तो देशमा लघु घरेलु तथा साना उधोगहरू आर्थिक विकास र समृद्धिका संवाहकका रूपमा रहेका भए तापनि प्रविधि प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उधोगहरू प्रतिस्पर्धी बन्न नसकेको हुँदा आकर्षक प्रतिफल दिन सकिरहेका छैनन् जसका कारणले युवा पुस्ता यस्ता उधोगप्रति आकर्षित हुन सकिरहेका छैनन् ।” अध्यक्ष सिंहले भने, “परिणामतः यस्ता उधोगहरूमा पुस्ता हस्तान्तरणको समस्या छ । यस्तै पक्षलाई सम्बोधन गर्न र एक अर्काबाट सिक्न तथा ज्ञान र सीप आदान प्रदान गर्ने उद्देश्यका साथ लघु, घरेलु तथा साना उधोगको छाता संस्था नेपाल घरेलु तथा साना उधोग महासंघले धेरै अगाडिदेखि नै नियमित रूपमा राष्ट्रिय, प्रदेश तथा स्थानीयस्तरमा औधोगिक प्रदर्शनीहरू आयोजना गर्दै आएको छ ।”
विगत केही वर्षदेखि राष्ट्रिय औधोगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औधोगिक व्यापार मेलाको रूपमा आयोजना गर्न सुरु गरेको सन्दर्भमा यो प्रदर्शनी यस वर्ष “नेपाल १५ आंै अन्तर्राष्ट्रिय औधोगिक व्यापार मेला तथा घरेलु उधोग महोत्सव र प्राङ्गारिक कृषि मेला–२०७५” को नाममा आयोजना सुरु भएको छ ।
हाम्रा तुलनात्मक लाभका क्षेत्रमा रहेका उधोगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धनसमेत गरिने यस मेलाले मुलुकको औधोगीकरणको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उधोग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षण हुनेछन् ।
महोत्सवको सह–आयोजक अर्गा्निक एसोसियसन अफ नेपाल छ । नेपाल सरकार उधोग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग विकास कोष, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, काठमाडौं महानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगकोे सहकार्यमा यस प्रदर्शनी आयोजना गरिएको हो । पाँच दिनसम्म चल्ने मेलामा २०५ वटा स्टल रहेका, उपत्यका बाहिरका ५२ जिल्लाका ८० उधोगहरू सहभागी रहेको, चीन, भारत र बंगलादेश गरी ४५ वटा अन्तर्राष्ट्रियस्टल छन्, पाँच दिनको अवधिमा करिब ४ लाख ५० हजारले अवलोकन गर्ने र झन्डै १५ करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।