१२ मंसिर २०८१, बुधबार
संसदको सार्वजनिक लेखा समितिले जहाजको इन्जिन तथा पार्टपूर्जा अरिदको ठेक्का इजे वार्टरलाई नदिन निर्देशन दिएको समाचार आजको कारोबारले पहिलो पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, नेपाल वायु सेवा निगमले ए–३२० जहाजको इन्जिन मर्मतका लागि पुनः टेन्डरमार्फत छनोट गरेको कम्पनीसँग खरिद सम्झौता नगर्न सोमबार समितिले निर्देशन दिएको हो ।
समितिले सोमबार निगमका सञ्चालक सदस्यहरुसँग छलफल गरेर यस्तो निर्देशन दिएको हो ।
निगमले दुई थान वाइडबडी जहाजका लागि आवश्यक इन्जिन तथा पार्टपूर्जा खरिदको लागि भन्दै ८ वर्षका लागि इजे वार्टरलाई पुनःटेन्डरमार्फत छनोट गरेको थियो ।
समितिले सबैभन्दा थोरै रकममा काम गर्छु भनेर कबोल गर्ने एमएस लुफ्थान्सालाई टेन्डर प्रक्रियाबाट अलग गरी बढी रकममा काम गर्ने कम्पनी छनोट गरिएको निष्कर्षसमेत निकालेको छ ।