सगरमाथा र ईस्ट्रनबीच संझौता, दुर्घटनामा परेको गाडी बनाउँदा नगद तिर्नु नपर्ने

होमल्याण्ड खबर

२०७५ फाल्गुन २८ गते, मंगलवार ११:२० मा प्रकाशित

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडमा बीमा भएका आईसर कम्पनीका गाडीहरुको दुर्घटना भई क्षती पुगेकोमा ईस्ट्रन एजेन्सी प्रालिको आधिकारिक सर्भिस सेन्टरमा नगद भुक्तान गर्नु नपर्ने भएको छ ।

गाडी बनाउदा बीमितले नियमान’सार प्राप्त गर्ने रकम सोझै ईस्ट्रन एजेन्सी प्रालि अन्तर्गगतका सर्भिस सेन्टरहरुलाई सगरमाथा इन्स्योरेन्सले भुक्तानी गर्ने र सो भन्दाअधिक रकम बीमितले भुक्तानी गर्ने गरी सम्झौता भएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनी लि. र ईस्ट्रन एजेन्सी प्रालिबीच सोमबार क्यासलेस भुक्तानी सम्वन्धि सम्झौता भएको हो ।

सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रम’ख कार्यकारी अधिकृत चंकी क्षेत्री र ईस्ट्रन एजेन्सी प्रालिका प्रमुख कार्यकारी अधिकृत एण्ड प्रवन्ध निर्देशक प्रकाश पौडेलले क्यासलेस भुक्तानी सम्वन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् ।

उक्त अवसरमा यस सम्झौता पश्चात सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले आफ्ना ग्राहकले आफुलाई समस्या परेको समयमा गाडी मर्मतका लागी रकमको ब्यवस्था गर्नु पर्ने झन्झटबाट मुक्त हुने गरी सुबिधा ल्याएको बताए ।