९ मंसिर २०८१, आईतवार
नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा एक्स्टेन्सन काउन्टर र एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो आफ्नो ११ औं एक्स्टेन्सन काउन्टर र १ सय ११ औं एटीएम एकसाथ सञ्चालनमा ल्याएको हो ।
काउन्टर र एटिएमको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र काठमाडौं मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. दामोदर प्रसाद पोखरेलले संयुक्त रुपमा गरे ।
यससँगै आजैदेखि केएमसी टिचिङ अस्पतालमा जन्मने नवजात शिशुहरुको खाता खोलिएमा निःशुल्क ५ सय रुपैयाँ खातामा राखिदिने र उक्त खातामा बैंकले तोकेको न्युनतम औसत मौज्दात जम्मा भएपछि जन्मदिनमा बैंकले केक उपहार दिने बताइएको छ ।